जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरे

जनपत्र
३० असार २०८०, शनिबार ११:२३

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका–२ दुगाडा पाटनमा चट्याङ लाग्दा ५० वटा भेडाबाख्रा मरेका छन् । अस्ति असार २८ गते दिउँसो परेको चट्याङले भेडाबाख्रा मरेका पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको तथा ७० वटा हराएका पातारासी गाउँपालिकाको भेटेनरी शाखाका प्रमुख गगन केसीले बताउनुभयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा सबैभन्दा धेरै भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा क्षति हुने गरेको छ ।

राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सहयोग मागेको पीडित किसान कृष्ण ऐडी र मिमबहादुर बोहोराले बताउनुभएको छ । पालिकाबाट सक्दो सहयोग गर्ने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*