म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं

जनपत्र
३० असार २०८०, शनिबार ०६:५६

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको एमबीबीएस लगायतका स्नातक तहको शैक्षिक कार्यक्रमका लागि नियम अनुसार विद्यार्थीको म्याचिङ अनुसार कलेजहरुमा भर्नाको काम सकिसकेको छ।

आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।

आयोगमा परेको उजुरीका आधारमा किष्ट मेडिकल कलेजले आयोगको नियमविपरित आफूखसी दुई जना विद्यार्थी भर्ना गरेका छन्। यस्तै अन्य कलेजले पनि आयोगको म्याचिङ नचिजाविपरित विद्यार्थी भर्ना गरेको हुन सक्ने विषयमा आयोगमा उजुरी परेको छ। आयोगले उक्त उजुरीपछि सबै कलेजहरुलाई लक्षित गर्दै सार्वजनिक सूचना जारी गरेको छ।

सूचना अनुसार भर्नाको अवधि समाप्त भएपश्चात समेत केही मेडिकल कलेजहरुले आफूखुसी विद्यार्थी भर्ना गरेको सूचना आइरहेकाले गैरकानूनीरुपमा भर्ना गरेको पाइएमा उक्त भर्ना आधिकारिक नहुने र त्यस्तो कार्य गर्ने गराउने उपर कानून अनुसार कारबाही हुने उल्लेख छ।

हेरौं सूचना

mec_notice_about colz1689353471.JPG

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*