नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा भाँचियो, आउजाउ बन्द

दार्चुला – दार्चुलामा रहेकाे नेपाल–भारत जोड्ने दत्तु झोलुङ्गे पुलको लट्ठा भाँचिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लट्ठा भाँचिएको हो ।
लट्ठा भाँचिएपछि पुलमा आउजाउ बन्द भएको छ । पुलको भारततर्फको लट्ठा भाँचिदा दुर्घटनाको जोखिम रहेकाले आउाजाउ बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
पुलकाे प्राविधिकबाट जाँच र मर्मत गर्नका लागि भारतीय पक्षसँग पहल भइरहेको प्रशासनले जनाएको छ । प्रशासनले एक सूचना निकालेर नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आउजाउ बन्द गरिएको जनाएको छ ।