चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो हुने

जनपत्र
२८ श्रावण २०७६, मंगलवार ०५:४४

नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन्। मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँछ।

नेपालमा वर्षेनी ५५ अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने गरेको खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

सबैभन्दा बढी एन्बिायोटिक र नसर्ने (मुटु, मधुमेयलगायत) रोगका औषधि बढी खपत हुन्छ।

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तोपर्नेछ,’ नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*