साउन १ गतेदेखि कार्यान्वयन हुने गरि राष्ट्रिय सभाबाट पारित भयो बजेट

जनपत्र
२८ असार २०८०, बिहीबार १७:३२

राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक-२०८० लाई पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उक्त विधेयक पारित गर्नुअघि राष्ट्रिय सभामा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ मन्त्री डा। महतले दिएका थिए । यसपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो ।

संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गते ९सोमबार०देखि बजेट कार्यान्वयनको बाटो खुलेको छ । राष्ट्रियसभाको अर्को बैठक आजै १३ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*