प्रशासनिक भवन निर्माणका लागि करोडौंको जग्गा दान

गोलबजार नगरपालीकाले नगरपालीकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा दानगर्नुहुने तीनजना दाताहरुलाई आज एक सम्मारोहबीच सम्मान गरेको छ । गोलबजारको मध्यभागमा पर्ने वार्डन्वर ६ मा प्रशासनिक भवन निर्माणको लागि करोडौं मूल्यको १२ कठ्ठा जग्गा जग्गादाताहरु धर्मसिंह लामा, पदमलाल लामा र नवल कुमार लामालाई नगर प्रमुख देवनाथ साहले दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
सोही क्रममा दाताहरुले प्रदान गरेको १२ कठ्ठा जमिनमा प्रशासनिक भवनको गोलबजार नगरपालिका प्रमुख साहले शिल्यान्यास गरेका हुन् । स्थानीय मूल्यअनुसार जमिनको प्रतिकठ्ठा ३० लाख रहेको वडा अध्यक्ष बसन्त लामाले जनाए ।