अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका ‘बल्छी धुर्वे’, ‘राजु मास्टर’ लगायत कलाकार रिहा

जनपत्र
२८ असार २०८०, बिहीबार ११:१०

काठमाण्डाै – अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् ।

काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, (म्याकुरी ) भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् ।

उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*