बालकलाई काेठामा थुनेर मुन्द्रा लुटेकाे आराेपमा दुई जना पक्राउ

जनपत्र
२५ असार २०८०, सोमबार १४:४५

दाङ – दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुनकाे मुन्द्रा लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले तुलसीपुरकाे बसपार्कमा रहेकाे एउटा घरमा ती बालकलाई शनिवार दिनभरिभित्रै थुनेर डर देखाई कानमा लगाएकाे मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ ।

मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आज साेमवारमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको नाम भने गोप्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*