हेटौडाको आयोजनाद्वारा दुग्ध उत्पादन तथा पशुपालनमा ५६ करोडको लागतमा ६९ वटा योजना सम्पन्न

जनपत्र
२३ असार २०८०, शनिबार १९:४५

हेटौंडा / कृषि तथा पशुपंछी विकास मंत्रालय अन्र्तगत हेटौडामा रहेको एक आयोजनाद्दारा रु ५६ करोडको लागतमा दुग्ध उत्पादन त्यसको विविधिकरण तथा पशुपालन क्षेत्रको विकास , संरक्षण तथा पूर्वाधारको निमार्णमा ६९ वटा उप –आयोजना सम्पन्न गरेको छ ।

सो मंत्रालय अन्र्तगतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजना विकेन्द्रित आयोजना सहयोग इकाईको कार्यालय हेटौडाद्दारा सात वटा जिल्लामा उक्त उप आयोजनाहरु विगत पाँच वर्षमा सम्पन्न गरेको हो ।

यसरी आयोजना संचालन हुने सात वटा जिल्लाहरुमा मकवानपुर , काठमाडौ ,काभे्र, चितवन , धनुषा, शिरहा र सप्तरी रहेका छन् । विश्व वैकको वैदैशिक ऋण सहुलीयत कार्यक्रम अन्र्तगत पाँच वर्ष अगाडि अर्थात २०७५ /०७६ मा सुरु भएको सो आयोजनाको हेटौडामा रहेको कार्यालय अन्र्तगतको एक सय १८ वटा उप आयोजनाहरु संचालन गर्नुपर्ने लक्ष्य रहेको थियो ।

तर आयोजनका लागि परेका निवेदन मध्ये ७५ वटा सहकारी संस्थासंगँ सम्झौता भएको थियो । आयोजना पछि सम्झौता अनुसार ६९ वटा उप–आयोजनाहरु मात्र सम्पन्न भएको कार्यालयका प्रमुख विदुर गौतमले जानकारी दिनुभयो ।

सम्पन्न भएका आयोजनाहरुमा रु ४६ करोड भूक्तानी भइसकेको छभने रु १० करोड भूक्तानीको प्रक्रियामा रहेको उहाँले भन्नुभयो । आयोजना स्थापनाको सुरुमा सहकारी सस्था सगँमात्र सम्झौता गर्ने कार्यक्रम थियो । तर पछिल्लो समय निजी तथा व्यवसायीक फर्म पनि आयोजना संचालनका लागि आवेदन सुरु गरेपछि ३९ वटा थप उप– आयोजना सुरु गरिएको वताइएको छ ।

सहकारी ६९ वटा तथा निजी व्यवसायीक फर्म ३९ वटा गरी कूल एक सय आठ वटा उप–आयोजना पूरा हुने लक्ष्य रहेको छ । सो एक सय आठवटा उप–आयोजनाहरुमा दुग्ध उत्पादन , प्रसोधन , दुग्ध विविधिकरणको उपकरण निमार्ण , दुग्ध भवन निमार्ण , पशुपालन , गोठ सुधार , गोठ भवन निमार्ण , खशी तथा वाख्रा पालन र त्यसको पूर्वाधार निमार्ण , खसी वोका खरीद वजार भवन निमार्ण र पशु स्वास्थ्य उपचार शाखा भवन निमार्ण लगायत अनुगनम निरीक्षण तथा सचेतना मूलक कार्यक्रम संचालन , घाँस उत्पादन , कृषि सहकारी संस्थाहरुको पहिचान , अनुदान वितरण , प्रोत्साहन , तालिम र वजारीकरण लगायतका कार्यक्रम गरिएको सो कार्यालयले जनाएको छ ।

उक्त इकाईको कार्यालय हेटौडाको सहयोग तथा लगानीमा रहेका ६९ वटा उप– आयोजनाहरु मध्ये १४ वटा सहकारी संस्थाहरु अहिले उधोगमा परिणत भइसकेको छ । चार दशक अगाडि स्थापना भएका ती १४ वटा सहकारी संस्थाहरु उक्त आयोजनाको सहयोगमा उधोगमा परिणत भएको गौतमको भनाई रहेको छ । यो ठुलो उपलव्धी हो उहाँले भन्नुभयो ।

यसरी उधोगमा परिणत हुने सहकारी संस्थाहरुमा मनकामना दुग्ध उत्पादक सहकारी संस्था मकवानपुर , वेथान चोक दुग्ध उत्पादक सहकरी संस्था काभे्र , देवनगर दुग्ध उत्पादक सहकारी संस्था भरतपुर, गौरीगंज दुग्ध उत्पादक सहकरी संस्था भरतपुर , गौरीधारा दुग्ध उत्पादक सहकारी संस्था चितवन , पिव्वा दुग्ध सहकरी संस्था ,चितवन , कालिका कृषि सहकारी संस्था जनकपुर , साई कृषि सहकारी संस्था रुपनी सप्तरी , रामनगर साना किसान कृषि सहकारी संस्था लहान , नमूना महिला वहुदेश्यीय सहकारी सस्था दक्षिणकाली , वाला सुन्दरी साना किसान कृषि सहकारी संस्था भगवानपुर सिरहा , जनचेतना अभियान कृषि सहकारी संस्था धनुषा तथा पञ्चामृत वहुदेश्यीय सहकारी संस्था चितवन रहेको जनाइएको छ ।

उपरोक्त सहकरी संस्थावाट दुग्ध पदार्थको विविधिकरणमा गई उधोगमा परिणत भएपछि कारोवारमा समेत वढोतरी भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका संचालक अर्जुन दाहालले वताउँनुभयो । उक्त आयोजनको सहयोगमा आफनो सहकारीले चार सय भन्दा वढी किसानवटा दुग्ध खरीद गरी दुध , दही ,घयु , पनिर , छुर्पी लगायतका समाग्री उत्पादन गरी विक्री वितरण समेत सुरु गरेको छु भन्नुभयो ।

पशुपंछी विकास मंत्रलय अन्र्तगतको सो आयोजनाको ललितपुरमा मुख्य कार्यालय रहेको छ भने वुटवल , पोखरा ,हेटौडा , विराटनगरमा आयोजना इकाई रहेको छ । उक्त चारवटा इकाई कार्यालय अन्र्तगत २८ जिल्लामा पाँच सय ५५ वटा उप–आयोजनाहरु सम्पन्न गर्नु पर्ने लक्ष्य रहेको सो मंत्रालयका कृषि अर्थविद् सुशील खड्कोले जानकरी दिनुभयो ।

विश्व वैकको सहयोगमा संचालित सो कायोजनाको कार्यकाल पाँच वर्ष मात्र रहेको छ । आयोजनको केही कार्यहरु पुरा गर्न समय लाग्ने भएकोले आउँदो असार सम्म आयोजना रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*