देश विकासमा युवाको भूमिका प्रमुृख हुन्छ –मेयर महत

जिल्ला युवा समिति मकवानपुरले २० औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर महतले देश विकासमा युवाको भूमिका प्रमुृख रहने बताएका छन् ।
युवाहरुको सहयोग विना सरकारले चालेको सुखी नेपाली समृद्ध नेपालको अभियान सार्थक नहुने बताए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख खुविराम अधिकारीले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमहरुलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेका बताए ।
युवालाई रोजगारीमा ल्याउनकै लागि प्रदेश सरकारले ल्याएको प्रदेश विकास स्वयम्सेवक कार्यक्रमलाई यस वर्ष पनि प्रदेश सरकारले निरन्तरता दिने बताए । युवालाई स्वरोजगार र उद्यमशिल बनाउन प्रदेश सरकारले काम गरिरहेका महाशाखा प्रमुख अधिकारीले बताए । त्यसैगरी कार्यक्रममा युवा व्यवसायीहरुले पनि आफ्नो धारणाहरु व्यक्त गरेका थिए ।
जिल्लामा १० वर्षदेखी कपाल काट्ने कामलाई आफ्नो जीविकोपार्जनका पेशा बनाएका युवा किरण अधिकारीले आफ्नो अनुभवको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मकवानपुर रिभकरिङ समूहका अध्यक्ष सन्दिप शाक्य, महिला उद्यमी मेनुका श्रेष्ठ, बैदेशिक रोजगारबाट नेपाल आएर उद्यमी बनेका शम्भू पुडासैनी लगायतकाले आफ्नो अनुभव र राज्यले सहयोग गर्न नसकेका विषयमा गुनासो सुनाएका थिए । कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईले युवा समितिले पनि युवाहरुलाई उद्यमी बनाउने काममा सहयोग पु¥याउने काम गरिरहेका बताए । शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने नाराका साथ युवा दिवस मनाईएको हो ।