कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

जनपत्र
२२ असार २०८०, शुक्रबार १०:५५

काठमाण्डाै – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई शपथ गराउनु भएको हो ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

माओेवादी केन्द्रबाट जीवन आचार्यलाई मन्त्री बनाउने तयारी भए पछि विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका आचार्य यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो ।

थापालाई मुख्यमन्त्री बनाउन हिजो सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*