समावेशी आयोगका कार्यबाहक अध्यक्ष ओझाद्वारा माझिटोलमा अनुगमन

जनपत्र
२७ श्रावण २०७६, सोमबार १७:१५

हेटौंडा । राष्ट्रिय समावेशी आयोगको आयोजनामा बारा निजगढ नगरपालिका वडा नम्बर ४ माझि टोलमा अनुगमन गरिएको छ । आयोगका कार्यबाहक अध्यक्ष बिष्णुमायाँ ओझाको नेतृत्वमा माझि वस्तीको अनुगमन गर्दै त्यस क्षेत्रका नागरिक संग अन्तरक्रिया गरिएको हो ।

अनुगमनका क्रममा माझिहरुको समस्या, अव गर्नुपर्ने सामाधानका बिषयमा यस क्षेत्रका ४० परिवारका ६० जना संग अन्तरक्रिया कार्यक्रम गरिएको कार्यबाहक अध्यक्ष ओझाले बताउनुभयो ।


बारा जिल्लामा मात्र २ सय परिवार माझि समुदायको वसोबास रहेको छ । उनीहरु मध्य धेरैका छोराछोरी बिद्यालय पढ्ननै जादैनन् । धेरै परिवार इट्टाभट्टामा काम गर्ने, छोराछोरीलाई बिद्यालयबाट छुटाउने लगायतका समस्याहरु रहेको ओझाले बताउनुभयो । यसको दिगो समाधान हुनुपर्ने उहाँको भनाई छ ।


यहाँका माझि समुदायहरुको कसैको पनि नम्बरी जग्गा पनि छैन । उनीहरुका निम्ती बालबालिकालाई पढाउनका निम्ती स्थानीय तहले सहयोग गर्ने र आयआर्जनका लागि पनि सहयोग गर्ने सहमती भएको छ । कार्यक्रममा निजगढ नगरपालिकाका उपमेयर लिलादेवि लामिछाने खनालले उनीहरुका निम्ती सहयोग गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*