प्रज्ञा प्रतिष्ठानमा भइरहेको पुस्तक प्रदर्शनीमा पाठकको भिड

जनपत्र
२० असार २०८०, बुधबार ११:३९

काठमाण्डौ – नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको पुस्तक प्रदर्शनीमा पाठकको भिड बढ्न थालेको छ ।

प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा गएकोे ८ गतेदेखि भइरहेको प्रदर्शनीमा धेरैजसो नेपाली साहित्यका विद्यार्थी र अनुसन्धानकर्मीले पुस्तक खरिद गरेका छन् ।

प्रदर्शनीमा ‘लोक साहित्य सिद्धान्त’, ‘कौटिल्यको अर्थशास्त्र’, ‘कथा दर्शन’, ‘मार्क्सवादी सौन्दर्य चिन्तन’, ‘मार्क्सवादी सौन्दर्यशास्त्रका आधारहरु’, ‘मार्क्सवादी साहित्य सिद्धान्तका प्रतिनिधि विचारहरु’ र बाल साहित्यका पुस्तक बढी बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रदर्शनीमा प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि कक्ष राखेको छ । प्रतिष्ठानका झण्डै छ सय थरीका पुस्तक एवम् पत्रपत्रिका तथा साझाका चार सय ९२ थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी आउँदो २३ गतेसम्म चल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*