‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ राष्ट्रियसभामा टेबुल

काठमाण्डाै – प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ राष्ट्रियसभामा टेबुल भएकाे छ ।
मङ्गलवार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गर्नुभएको हो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल चलिरहेकाे छ ।