बागमती प्रदेशसभामा प्रतिपक्षीको अबरोध हट्यो, बैठक सुरु

हेटौंडा । बागमती प्रदेशसभामा प्रतिपक्षीको अबरोध हटेर बैठक सुरु भएको छ । बागमती प्रदेशका सबै जिल्ला समेट्नेगरी बिकास निर्माणका योजना बजेटमा समेट्न सरकार तयार भएपछी प्रदेशसभाको अवरोध हटेर बैठक सुरु भएको हो ।
बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई पनि एक मुष्ट राखिएको बजेट मार्फत समावेश गर्ने प्रतिवद्धता जनाएछी प्रदेशसभामा रहेको अबरोध हटेको हो । अहिले प्रदेशसभाको बैठक चलिरहेको छ ।
प्रतिपक्षि दलहरुले राखेका मागहरु लिखित रुपमा सहमती गरेर पुरा गर्ने भएपछी अबरुद्ध संसद चल्न दिइएको प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । प्रतिपक्षि दलहरुले राखेका सबैजसो माग पुरा गर्ने प्रदेश सरकारले सहमती जनाएपछी निरन्तर रुपमा अबरुद्ध बन्दै आएको संसद आजबाट सुरु भएको हो ।
प्रदेश राजधानी हेटौंडामा सोमबार भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति भएको छ । प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिं लामाले यही प्रतिवद्धता जनाउने छन् । सरकारको प्रतिवद्धतापछि प्रदेशसभाको अवरोध हटेर बैठक सुरु भएको एमाले सांसदहरुले बताएका छन् ।