मुख्यमन्त्री जम्कट्टेलको गृह जिल्लाका बाँदर पीडित किसानद्वारा प्रदेशसभा भवन अगाडि प्रदर्शन

जनपत्र
१३ असार २०८०, बुधबार १५:५१

हेटौंडा । मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरुले बागमती प्रदेशसभा भवनअगाडि नारबाजी गरेका छन् ।

बागमती प्रदेशसभा भवनअगाडि बुधबार दिउँसो मुख्यमन्त्री जमकट्टेलको गृहजिल्ला धादिङका किसानहरुले बाँदर आतंक नियन्त्रण गर्न सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायत १५० भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

उनीहरुले किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन, बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ ? बाँदरपीडित यहीँ छलगायत नारा लगाएका थिए । प्रदेशसभा भवनअगाडि नाराबाजी गरेपछि मुख्यमन्त्री जमकट्टेलले किसानहरुलाई छलफलका लागि बोलाएका छन् ।

दुईवटा बस रिर्जभ गरेर हेटौँडा आईपुगेका करिब १५० जना किसानहरुले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको भन्दै आज बस रिर्जभनै गरेर प्रदेशसभा अघि प्रर्दशन गरेका हुन् ।

धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरुले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिषरमा प्रर्दशन गरेका हुन् ।

बाँदर आतंकको कारण ठुलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितहरुको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*