हेटौडामा उत्पादित माछाको भूरा भारतमा निर्यात हुँदै

जनपत्र
१२ असार २०८०, मंगलवार २०:१०

हेटौंडा / मकवानपुको हेटौडामा उत्पादित विभिन्न विकासे जातका माछाका भूरा भारतमा निर्यात भइरहकोे छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भूरा लाने गरेको प्राकृतिक जलाशय मत्स्य प्रर्वर्धन एवम् संरक्षण केन्द्रको कार्यालय हेटौडाले जनाएको छ ।

भारतीय किसानले वारा, पर्सा र रौतहटका किसान मार्फत राम्रो नश्लका सो भूरा लाने गरेको त्यहाँका कर्मचारी तथा प्राविधिकहरुले जनाएको छ । प्राप्त जानकारी अनुसार १० लाख भन्दा वढी माछाका भूरा भारतमा लाने गरेको छ । त्यस्तै माछा समेत खरीदगरी भारतमा लाने गरेको वताइएको छ ।
कार्यालयवाट प्राप्त जानकारी अनुसार चालू आर्थिक वर्षको असार १० गते सम्म चार करोड ३५लाख भन्दा वढी माछाका भूरा उत्पादन गरी विक्री वितरण गरेको छ । यसको उत्पादन र विक्री वढ्दै गएको छ ।

कार्यालय प्रमख सरोज यादवका अनुसार किसानको माँग अनुरुप विगतको तुलनामा माछाको भूराको उत्पादन र विक्री वढदै गएको वताइएको छ ।
विगतमा प्रत्येक वर्ष तीन करोड देखि ३ करोड ३४ लाख माछाको भूरा उत्पादन तथा विक्री हुदै आएकोमा व्यवस्थापनमा सुधार आएपछि यसवर्ष माछा र भूराको उत्पादनमा वृद्दि भएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरीहरको मर्मत तथा सुधार गरिएको छ ।
कार्यालय प्रमुख यादवले थप भूरा र माछा उत्पादनका लागि पोखरीहरुको क्षमता विकास, सरसफाई ,मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।
सो कार्यालयको हातामा रहेको माछा फर्मवाट सात जातका विकासे जातका माछाको मात्र प्रजनन् तथा भूरा विक्री गदै आएको सो कार्यालयले हाल दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रगींन कोई कार्प माछा प्रजनन् तथा विक्री वितरणको क्रममा रहेको छ ।

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारी स्तरवाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछाहरु, रहु, नैनी, माकुर तथा विदेशी माछाहरु कमन कार्प, सिल्भर कार्प , विगहेड कार्प, ग्रप्स कार्प गरी जम्मा सात जातका भूरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई विक्री वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७६ /०७७ देखि हालसम्म वार्षिक रु पाँच लाख भन्दा वढी माछा र भूराको विक्रीवाट कार्यालयको राजश्व वढ्दै गएको छ । चालू आर्थिक वर्षमा सो कार्यालयले रु ३१ लाख भन्दा वढी रकमको माछा र भूरा वितरण गरेको छ । साथै हेटौडा र चितवन सहित माछाका भूरा २२ जिल्लामा विक्री वितरण हुने गरेको छ ।
एकीकृत मत्स्य पालन प्रणाली अन्र्तगत वगुंर पालन प्रणालीको सुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठवटा जिर्ण अवस्थामा रहेका पोखरीहरुको मर्मत गरी संचालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी वलराम अधिकरीले वताउनु भयो ।

मत्स्य संग्रहालय अन्र्तगत संरक्षित माछाको नमुना तथा लिभफिश म्युजियमको स्थापना तथा संचालनको प्रक्रिया अगाडि वढाएको कार्यालय प्रमुख यादवले भन्नुयो ।
आर्थिक वर्ष २०७५÷७६ देखि प्राकृतिक जलाशय जातीय विविधता सम्वन्धि अध्ययन अनुसंधानको क्रममा राप्ती नदी , श्यार्फुताल , वाग्मती नदी, सामरी नदी, वकैया नदी, अरुण नदी, कोशी नदी कर्णाली नदी, र वेगनास ताल लगायतका नदी तथा तालहरुमा माछाको विविधता सम्वन्धी जाँच तथा अभिलेख राखिएको छ । जसवाट ४५ प्रजातिका माछा नमूना संकलन गरिनुका साथै पानीको गुणस्तर समेत गरिएको कार्यालयले जनाएको छ ।

ग्रासकार्प माछाको आहारको रुपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँस जस्तै नेपियर वर्षीम, केरा ,सुडान , जै घाँस , लगाएको यसवाट माछा तथा दाना आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन् भइरहको छ । जलीय विविधता एवम् प्रवद्र्दन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायहरुको सामाजिक स्तरोन्नति र जिविकोपार्जनसगँ सम्वन्धीत विभिन्न किसिमका कार्यक्रमहरु जस्तै खोला नालामा स्थानीय जातका भूराहरु छाड्ने जनचेतना मूलक होर्डिगं वोर्ड ,गोष्ठी सभा लगायका कार्यक्रम गर्दै आएको सो कार्यालयवाट वताइएको छ।

काठमाडौ तथा स्थानीय हेटौडा वजारका लागि खाने माछा उत्पादन गरी आपूर्ती गर्ने उदेश्यले २०२४ सालमा स्थापित सो कार्यालयको समय सापेक्ष काम र नाममा परिर्वतन हुँदै आएको छ । सो कार्यालय अन्र्तगत ४७ . ०९ हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*