बागमतीमा महिनौँदेखि अलपत्र संसदीय समिति गठन, कुन समितिमा को ? यस्तो छ सूची

जनपत्र
१२ असार २०८०, मंगलवार १८:२८

हेटौँडा । बागमती प्रदेशसभाको पाँचवटा विगायगत समिति निर्माण भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरुको नाम पढेर सुनाएका थिए ।

समितिको विषयमा सबै दलले समर्थन गरेका छन् । देशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण भएपछि आजको बैठक अपरान्ह ४ बजेसम्म स्थगित भएको छ ।

दलीय भागवण्डामा कुरा नमिल्दा बागमती प्रदेशसभाको विषयत संसदीय समितिहरू गठन हुन सकेका थिएनन् । मंगलबार आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफल गर्न बोलाइएको प्रदेशसभा बैठकबाट एकै पटक प्रदेशसभाका ५ वटा संसदीय समिति गठन भएका छन् ।

प्रतिपक्षले समिति गठनमा दबाब दिँदासमेत भागवण्डा नमिल्दा सत्ता पक्षले समिति गठनमा चासो देखाएको थिएन । बजेट पास गर्नुपर्ने बाध्यतामा रहेको सरकारले भागवण्डा मिलाएर मंगलबार समिति गठनको बाटो खुला गरेको थियो । समिति नभएको मौका पारेर यसअघि वर्तमान सरकारले विवादास्पद चिट्ठा विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखकोमा सिधै पठाएको थियो । जुन विधेयक प्रदेश प्रमुख यादवचन्द्र शर्माले फिर्ता पठाइदिए ।

यसअघि माघ तेस्रो हप्तामा बसेको प्रदेशसभा बैठकबाटै संसदीय समिति गठन गर्ने तयारी थियो । सभामुख भुवनकुमार पाठकले सहमति जुटाउन प्रयास गरे पनि दलहरूबीच भागवण्डाको कुरा मिल्न सकेको थिएन । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख पाठकले समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाएका थिए ।

हेर्नुस् सूची :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*