हात्तीले आक्रमण गर्दा झापामा एक जनाको ज्यान गयो

जनपत्र
१२ असार २०८०, मंगलवार ११:५१

काठमाण्डाै – हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । जङ्गलमा च्याउ टिप्न गएका बेला उहाँलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहाँको  घटनास्थलमै ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*