विदेशी स्टेशनमा देखियो ‘नेपाली रेल’ !

जनपत्र
२६ श्रावण २०७६, आईतवार ०६:४०

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वेबसाइटमा राखेको तस्वीरले शनिबार सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।

मेची–महाकाली मेल र कर्णाली लेखिएका र नेपालको झण्डा पनि रेलमा राखिएको छ । रेलको नाम र तस्वीर पछाडि भएको भवनको नाम पनि नेपालीमै लेखिएको छ। रेल स्टेशनमा विदेशी लिपिका राता अक्षरले तस्वीरको पोल खोल्दा मन्त्रालयको असावधानी र त्यसलाई स्थान दिने मन्त्रालयको अपरिपक्व निर्णय बारे चर्को आलोचना भएको छ ।

यसबारे विभिन्न सामाजिक सञ्जालहरूमा मन्त्रालयको लापरबाही, तस्वीरको सम्पादन र अक्षमताबारे आलोचना चुलिएको छ। यस्तै मन्त्रालयकाे वेबसाइटमा अर्काे तस्वीर पनि ‘अहिले’ लेखेर राखिएकाे छ। यसकाे पनि विवरणबारे केही खुलाइएकाे छैन ।

मन्त्रालयमा राखिएकाे अर्काे तस्वीर।

हिमालखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*