जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

जनपत्र
८ असार २०८०, शुक्रबार ०९:५३

जाजरकाेट – जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ ।

छेडागाड नगरपालिका–१ मा रहेको छेडाखोलामा माछा मार्ने क्रममा स्थानीय ५० वर्षका नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षका धनबहादुर बुढाको ज्यान जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

हिजो बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा बेलुका भेटिएको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर बुढाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*