उपचार पत्ता नलागेको अलजाइमर्स किन र कसरी हुन्छ ?

अलजाइमर्स मस्तिष्क रोग हो। यो रोग विशेषगरि वृद्वृद्लाई देखिन्छ। उपचार पत्ता लागिनसकेको यो रोग लाग्नुको कारणको बारेमा अध्यन अनुसन्धान भइरहेको छ। अहिलेको अवस्थामा यो रोग मेडिकल साईण्टिस्टहरुको टाउको दुखाई बनिरहेको छ।
के हुन्छ यो रोग लाग्दा ?
मानिसहरूले सम्झने शक्ति हराउँछ।
आफन्तजनहरूलाई चिन्ने र उनीहरूको नाम सम्झन सक्ने अवस्था हुन्न्।
सरसफाई, नुहाइ धुवाई तथा दिशा, पिसाव गर्न नै कठिनाई हुन्छ।
मष्तिस्कले गर्दै आएका महत्वपूर्ण कामहरू गर्न सक्ने शक्ति कमजोर हुदै जान्छ।
विर्सने रोग बुढेसकालले गर्दा लागेको होइन यो त एक प्रकारको रोग नै हो। मष्तिस्कका स्नायुकोषहरू मर्दै जाने र मष्तिस्कमा भएका केहि रसहरू उत्पन्न गर्ने स्नायुकोषहरू हराउदै जादाँ अलजाइमर्स हुन्छ।
अलजाइमर्स किन र कहिले हुन्छ ?
यो रोगको कारणबारे बुझ्न धेरै अनुसन्धानहरु भइरहेका छन्। धेरै कारणहरु पत्ता लगाउन बाँकी छ। केही पत्ता लगाइएका कारणहरु यस्ता छन्।
१. वंशाणुगत दोष,
२. मस्तिष्कमा हुने विभिन्न स्नायु रसायन (एसिटाइलकोलिन) को गडबडी।
६०–६५ वर्ष आयु भएका मानिसमा यो रोग तीन प्रतिशतले पाइएको छ। त्यो भन्दा पाँच वर्ष आयु बढी भएकामा दोब्बर तवरले यो रोगको प्रभाव देखिन्छ। स्थायी क्षति भएको समयदेखि रोगी सालाखाला थप आठ वर्ष बाँच्छन्।
के ध्यान दिने ?
व्यक्तिगत सरसफाई।
खानपिन।
दिउसो नसुत्ने।
घर बाहिर जादाँ साथी पठाउने।
पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण अलजाईमर्स भएको रहेछ भने उपचार सम्भव छ।
तर, अन्य कारणहरूले भएको अलजाईमर्सको उपचार छैन।
औषधी उपचार नभएका कारण र यस्ता विरामीको हेरचाह ज्यादै बढी गर्नुपर्ने कारण परिवारले निकै कठिनाई झेल्नु पर्ने हुनसक्छ।
एजेन्सीको सहयोगमा