निकुञ्ज वरिपरि वसोवास गर्ने नागरिकले भोगेको समस्याका बिषयमा अन्तरक्रिया

जनपत्र
७ असार २०८०, बिहीबार २०:०१

हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा निकुञ्ज वरिपरि वसोवास गर्ने स्थानिय जनताले भोगेको समस्या र नयाँ एन निर्माण गर्दा समावेश गर्नु पर्ने विषयक अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । साथै महासंघका नव निर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई कार्यक्रम भएको छ । महासंघ मकवानपुरका अध्यक्ष साधुराम तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेशसभाका सदस्य भारती कुमारी पाठकको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै सांसद पाठकले निकुञ्ज वरिपरि बस्ने मानिसहरुले जे भोगेको छ जसको अनुमान र महसुस मात्र गर्न सक्छौ जुन निकै दर्दानाक र दयनिय रहेको बताउनु भएको छ । घरपरिवार जंगली जनावरको आक्रमणवाट हरबखत चिन्ता र सतर्क रहेर बस्नु पर्ने स्थिति रहेको बताउँदै उहाँले भन्नुभयो–‘सुबिधाको नाममा सुन्यको अवस्था रहेको छ घर अगाडि रुख ढल्दा प्रयोग गर्न पाईदैन । घाँस काट्न पाईदैन । भत्केको घरको छानोको लागि एउटा खामो प्रयोग गर्न पाईदैन। सिमित ब्यत्तिको फाइदाको लागि निकुञ्ज ऎन बनिरहेको महसुस भएको छ । फलस्वरुप नागरीक हक अधिकार अझै कटौती भएको छ भन्ने अनुमान गर्न सकिन्छ किनकी निकुञ्ज ऎन बनिरहदा त्याहाको नागरिक सङ छलफल हुदैन। उपभोक्ता सङ छलफल हुदैन।’ उहाँले साम्सद सङ छलफल बिना सुटुक्क निकुञ्ज ऎन दर्ता भएको आरोप लगाउनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, केन्द्रिय उपाध्यक्ष बिक्रम शाही, महासचिव पार्वता गौतम, कोषाध्यक्ष शान्ता न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*