धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट

जनपत्र
६ असार २०८०, बुधबार ०७:४४

सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ ।

फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको हो।

हिजो बसेको मन्त्रीपरिषद्को बैठकले फाउण्डेसनको कर छुटसहित नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुमा रहेको सीमा चिन्ह स्तम्भ ९५३० १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*