हेटौंडा अद्योगिक क्षेत्रमा २ सय वटा तेजपत्ताको बिरुवा रोपीयो

जनपत्र
२५ श्रावण २०७६, शनिबार १९:२३

हेटौंडा । हेटौंडा अद्योगिक क्षेत्र भित्र आज तेजपत्ताको बिरुवा रोपीएको छ । रोटरी कल्ब अफ हेटौंडाको आयोजनामा उद्योग संघको कार्यालय देखि खानेपानी ट्याङ्की हुदै कमाने जाने बाटो सम्म सडकको दायाँ बायाँ २ सय वटा तेज पताको विरुवा रोपन कार्य सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन् गर्नुभयो । कल्बका अध्यक्ष इन्द्र प्रसाद नेपालको अध्यक्षतामा सम्पन्न विक्षारोपण कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, सिद्धार्थ बैक लि. का शाखा प्रबन्धक अर्पण संजेलले मन्तव्य ब्यक्त गर्नुयो । कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश कल्बमा निवर्तमान अध्यक्ष लेख राज पोखरेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन रोटरीयन प्रमेश प्रधानले गर्नु भएको थियो ।

रोटरीयन नवराज पुडासैनीको संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रमका लागि सिद्धार्थ बैक लिमिटेड, सि एस आई नेपाल र खजुरीको नेपालले आर्थिक सहयोग र उद्योग संघ मकवानपुर र हेटौंडा अद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयले प्राविधिक सहयोग गर्नु भएको थियो । कार्यक्रममा हेटौंडा वडा नं. ८ का वडा अध्यक्ष गोल बाहादुर श्रोष्ठ, औद्योगिक क्षेत्रमा रहेको शसस्त्र प्रहरी वलका गुल्मपति विनोद खतिवडा लयागत प्रहरी वल का अन्य महानुभावहरु, रोटरीयन, रोट्रायाक्टरहरु, बैकर्स तथा सिद्धार्थ बैकका कर्मचारीहरु , हेटौंडा औद्योगिक क्षेत्रका उद्योग पति तथा मजदुरहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*