माओवादी, जसपा, नेकपा एसलगायतका दलहरूले भोलि समाजवादी मोर्चाको घोषणा गर्ने

जनपत्र
३ असार २०८०, आईतवार १५:१२

काठमाण्डाै – नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा भोलि साेमवार हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको मोर्चामा आबद्ध शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने जानकारी दिनुभयो ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आउनुभएको थियो ।

बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र भोलि नै नै सार्वजनिक गरिने श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*