मनसुनसँगै बाढी पहिरोका घटना सुरु : सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा २६ जना बेपत्ता

जनपत्र
३ असार २०८०, आईतवार १०:२२

काठमाण्डाै – मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना सुरु भएका छन् । गएको बुधवारदेखि पूर्वबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

सङ्खुवासभामा १६ जना सम्पर्कविहीन छन् । सङ्खुवासभाका चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा हेवा खोला थुनिएपछि बाढी आएको छ । यो बाढीले चैनपुर नगरपालिका–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्याएकाे छ । हेवा हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुरहरू सम्पर्कविहीन भएका हुन् । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ।

चैनपुर नगरपालिका मेयर कृष्णकुमार तामाङका अनुसार चैनपुरमा ५ वटा घर बगेका छन् । हेवा खोला चैनपुर र पाँचखपन नगरपालिकाको सीमा भएर बग्छ । उहाँले भन्नुभयो ‘हेवा खेलामा अहिले पनि बाढी आएको छ, रोकथाम गर्न सक्ने कुनै उपाय छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*