भन्सारको चलानीमा प्याज देखाएर हेटौंडामा कसरी भित्रीयो करोडौंको अवैध कपडा ?

जनपत्र
२ असार २०८०, शनिबार १८:४२

मकवानपुर । सिरहा भन्सारबाट भित्रिएको भारतीय नम्बरको मालबाहक ट्रकबाट ठूलो परिमाणमा अबैध कपडा प्रहरीले बरामद गरेको छ । भन्सार विन्दुमा प्याजको भन्सार चलानी बनाएर भित्रिएको बी आर ०६ जी इ ५०५३ को भारतीय मालबाहक सवारीबाट ठूलो परिमाणमा अवैध कपडा बरामद भएको हो ।

हेटौंडास्थित रातोमाटे चेकपोष्टमा सवारी जाँच गर्ने क्रममा काठमाडौं तर्फ प्याज लिएर आएको सवारीबाट प्रहरीले ७५ बोरा भन्सार छलेर ल्याईएको कपडा बरामद गरेको छ । बरामद भएको कपडाको मूल्य १ करोड भन्दा बढी हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक भारत बिहारका बर्ष ३६ का रजौद आजाद र सहचालक बर्ष २६ का सुधीरकुमार सहनीलाई पक्राऊ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*