बागमती प्रदेशको बजेटमा हेटौंडाका वडालाई उपेक्षा गरेको आरोप, मन्त्रीहरुलाई बहिस्कार गर्ने चेतावनी

जनपत्र
२ असार २०८०, शनिबार १४:०९

हेटौंडा । बागमती प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा पेस गरेको बजेटमा हेटौंडाका वडाहरुलाई उपेक्षा गरेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् । बिभीन्न माध्यमबाट प्रदेश सरकारलाई बजेट राख्नका लागि लिखित र मौखिक रुपमा भनिएपनि बजेट किताबमा भने यहाँका वडाहरुलाई उपेक्षा गरिएको वडाअध्यक्षहरुले आज हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

यो बजेट संशोधन गरेर भएपनि यहाँका वडाहरुलाई बजेटले प्राथमिकता नदिए प्रदेशका मन्त्रीहरुलाई कुनैपनि कार्यक्रममा बहिस्कार गर्ने हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काले बताउनुभयो । बजेट ल्याउँदानै राजनीतिक पूर्वाग्रही ढंगले ल्याएको र प्रदेश सरकारले राजधानी सार्ने षडयन्त्र समेत गरेको खड्काले आरोप लगाउनुभयो । राजनीतिक पहुँचका आधारमा वडाहरुमा बजेट राखिएकोले यसलाई संशोधन गरेर ल्याउनुपर्ने हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताउनुभयो ।

प्रदेशको राजधानी हेटौंडा रहेको र यहाँको सरसफाइ लगायथका काम वडा र स्थानीय तहले गर्दै आएको तर, आफ्नो वडामा प्रदेश सरकारले एक रुपैयाँ पनि बजेट नहालेको हेटौंडा–१० का वडाअध्यक्ष फुर्वा दोर्जे लामाले बताउनुभयो । वडा नम्बर–१० मा प्रदेशसभा, प्रदेश प्रमुखको कार्यालय, सामाजिक विकास मन्त्रालय समेत रहेको तर, बजेट भने पूर्वाधार निर्माणमा नराखिएकाले बिरोधका कार्यक्रम ल्याइने लामाले बताउनुभयो ।

यसैगरी हेटौंडा–५ का वडा अध्यक्ष शुशिल घिमिरे, हेटौंडा–११ का वडा अध्यक्ष जुना दाहाल, हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी लगयतकाले प्रदेश सरकारले विकासका दृष्टीले भन्दा पनि राजनीतिक पूर्वाग्रहबाट बजेट ल्याइएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*