हेटौंडामा एमालेको प्रशिक्षणः भ्रष्टाचार गर्नेले छुट पाउँदैन– एमाले उपमहासचिब ज्ञवाली

जनपत्र
३२ जेष्ठ २०८०, बिहीबार १०:५२

हेटौंडा । नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञावलीले नेकपा एमालेले भ्रष्टाचार गर्न नदिने र गर्नेले छुट नपाउने बताउनु भएको छ । नेकपा एमाले, मकवानपुर जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारको उजागर गर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्ने र भ्रष्टाचार विरूद्व संघर्ष गर्ने पार्टी नेकपा एमाले भएको उहाँले बताउनु भयो ।

राष्ट्रियता रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, विकास र समृद्वि तथा सुशासनको बारेमा नेकपा एमाले कुनै सम्झौता नगर्ने बताउँदै पार्टीप्रति चौतर्फी घेराबन्दी हुनु र मुलुकमा भ्रष्टाचार व्यप्त हुनु, राष्ट्रियता कमजोर हुनु, लोकतन्त्रको विरूद्वका शक्ति सल्बलाउनु कुनै संयोग नभएर मुलुकलाई कमजोर बनाउने योजनाबद्व षडयन्त्र भएको दावी गर्नुभयो । उहाँले पार्टी सदस्य र कमिटीलाई चुस्त राख्दै जनताको समस्या र दुःखमा सहभागी भएर सबैखाले भ्रमहरूलाई चिर्दै नेकपा एमालेलाई सुदृढ बनाउँदा मात्र विरोधीहरूको जस्तोसुकै षडयन्त्र समाप्त पार्न सकिने बताउनु भयो ।

प्रशिक्षण कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा स्कुल विभाग उपप्रमुख ईश्वरी रिजालले दर्शनले सही दिशा देखाएन, सिद्धान्तले व्यवहारमा सिद्धि प्राप्त गरेन, नीति(कार्यक्रम कार्यान्वयनमा ग‌एनन् , कार्यशैली जीवन शैली बनेन, इच्छा शक्ति कार्य शक्तिमा रूपान्तरण भएन, कर्तव्यले गन्तव्य देखेन र निजी स्वार्थहरू सामुहिक स्वार्थमा वदलिएन भने कम्युनिष्ट राजनीतिको मूल्य ह्रास हुँदै जाने बताउनु भयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, केन्द्रीय निर्वाचन विभागको सदस्य अनन्त पौडेल, प्रदेश कमिटीका सदस्यहरू, सल्लाहकार परिषद् र विभागका सदस्यहरूको अथित्यतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च तथा लेखा कमिटीका पदाधिकारीहरू, पालिका र विशेष ईलाका कमिटीका अध्यक्षहरू, जनसंगठनका केन्द्रबाट जिल्ला ईन्चार्ज तथा जिल्ला अध्यक्षहरूसहितको १ सय ५० जनाको उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले बताउनु भयो ।

जेठ ३१ र ३२ दुई दिन भईरहेको प्रशिक्षण कार्यक्रममा वाईवि आचार्यले सूचना प्रविधिको प्रयोगबारे आज प्रशिक्षण दिने सचिव सिग्देले बताउनु भयो । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमपछि जिल्लाव्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*