मकवानपुरमा निकुञ्ज र मध्यबर्ति क्षेत्रका समस्यालाइ लिएर प्रधानमन्त्री प्रचण्ड संग भेट

जनपत्र
३० जेष्ठ २०८०, मंगलवार १७:२७

हेटौंडा । मकवानपुरको मनहरीमा वषौ देखि स्थानीयले भोग्नु परेको समस्यालाई लिएर प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसंग आज भेट गरिएको छ । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौलाको नेतृत्वमा यहाँको स्थानीय वासिन्दाहरु र नेताहरु समेतले प्रचण्डलाई भेट गरेका हुन् ।

मनहरीमा राष्ट्रिय निकुन्ज र मध्यबर्ति क्षेत्रमा रहेका वासिन्दाहरुको समस्यालाइ लिएर मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंह पनि प्रधानमन्त्रीसंगको भेटमा पुग्नुभयो । राष्ट्रिय निकुन्ज र मध्यबर्ति क्षेत्रमा परेका समस्यालाई समाधान गर्नेगरी कानुन संशोधन समेत गरेर काम गर्नुपर्नेमा प्रधानमन्त्रीलाई भेट गर्न पुगेका टोलिहरुले आफ्ना सुझाब राखेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले यो समस्यालाई समाधान गर्ने तर्फ आफुले मन्पिरिषद् बैठकमा कुरा राख्ने बताउनुभयो ।

मकवानपुरका नेताहरु सहितको टोलिले वन तथा वातावरण मन्त्री बिरेन्द्र महतो, भुमि सुधार मन्त्रि रन्जिता श्रेष्ट संग समेत भेट गरिएको नेकपा एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्नका लागि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरि गाउँपालिकाका पूर्व अध्यक्ष एकाराज उप्रेति, पूर्व प्रदेश सांसद सन्त बहादुर चेपाङ, राजाराम स्याङतान लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*