गर्मी बढेपछि रामपुरका विद्यालय ५ दिन बन्द

जनपत्र
२९ जेष्ठ २०८०, सोमबार १०:५६

पाल्पा – गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा आज साेमवारदेखि पाँच दिनसम्म बिदा दिएको छ ।

गर्मी बढेपछि विद्यालय सञ्चालनमा कठिनाइ भएकोले बिदा दिएको रामपुर नगरपालिकाकाे शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने निर्णय भएको हो ।

नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर परेको भनी विभिन्न विद्यालय, अभिभावकबाट गुनासो आएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*