थाहा नगरपालिकाले ३१ लाखमा खरिद गरिएका डिपिआर कार्यान्वयनमा आएनन्

जनपत्र
२९ जेष्ठ २०८०, सोमबार ०६:५५

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बिभीन्न योजना निर्माणका लागि तयार गरिएको डिपिआर ३१ लाख ६१ हजार रुपैयाँ लागतमा खरिद गरिएपनि कार्यान्वयनमा भने नआएको पाइएको छ ।

बिभीन्न क्षेत्रको गुरुयोजना निर्माणका लागि भनेर बिभीन्न परामर्श दताहरु मार्फत खरिद गरिएको गुरुयोजना कार्यान्वयन नगरिएकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ । आर्थिक वर्ष २०७८–०७९ को प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले तयार गरिएका गुरुयोजनाहरु कार्यान्वयन नगरिएको बताएको छ ।

यस्तो छ महालेखाको प्रतिबेदन ।

यसैगरी पढ्दै सिकाउँदै कार्यक्रमका लागि थाहा नगरपालिकाले रकम निकासा गरेपनि बिल भर्पाइ प्राप्त नभएको जनाएको छ । थाहा नगरपालिकाका मेयर र उपमेयरले सल्लाहकार राखेकोमा पनि महालेखाले प्रश्न गरेको छ ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

यसैगरी थाहा नगरपालिकामा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ७० प्रतिशत र सहकारी संस्थाको ३० प्रतिशत लगानीमा निर्माण भएको शित भण्डारका बिषयमा पनि महालेखाले प्रश्न गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*