जासुसी संयन्त्रमा बदमासीको १ दशक, स्नोडनको खुलासापछि के के भए परिवर्तन ?

जनपत्र
२८ जेष्ठ २०८०, आईतवार ११:५५

काठमाडौं । १० वर्षअघि संवाददाताको एक टोली आफूलाई जासुस भन्ने व्यक्तिलाई भेट्नका लागि न्युयोर्कदेखि हङकङका लागि उडेको थियो ।   ती जासुसले उनीहरूलाई गोप्य दस्तावेज हस्तान्तरणका लागि तयार भएको सुनिश्चित गरेपछि उनीहरू त्यसतर्फ प्रस्थान गरेका थिए ।

संवाददाताको टोलीलाई हङकङ निमन्त्रणा गर्ने व्यक्ति थिए अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीमा काम गरेका एडवार्ड स्नोडन थिए । त्यसबखत २९ वर्षका स्नोडन अमेरिकाले गैरकानुनी रूपमा कसरी संसारको गोपनीयता हनन गर्दैछ भन्ने कुराको विशेष खुलासा गर्न चाहन्थे ।

उनलाई भेट्न पुगेका संवाददाताको टोलीले स्नोडनसँग एक सातासम्म अर्न्तवार्ता गरेको थियो ।

अर्न्तवार्ताको अन्त्यतिर स्नोडनसँग उनले खुलासा गर्न चाहेको विषयवस्तुको प्रमाण माग गरे । अघिल्लो साँझ प्रमाण माग गरेकोमा उनले भोलिपल्टै प्रमाण हस्तान्तरण गरे । मेमोरी कार्डमा स्नोडनले अमेरिकाले गोपनीयता मिचेको नमुना मात्रै दिएहोलान् भन्ने अड्कलबी गरिएको थियो । तर त्यसमा १० हजारभन्दा बढी डकुमेन्ट थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*