मकवानपुरको राक्सिराङमा बेथितिका चाँङ, टेण्डर मार्फत खरिद गर्नुपर्ने ३९ लाखको सामान उपभोक्ता समितिबाट

जनपत्र
२६ जेष्ठ २०८०, शुक्रबार ०६:४३

हेटोंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा बेथितीका चाँङ लागेका छन् । महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकाले गरेका दर्जनौ काममा प्रश्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ मा गरेका कामको सरकारी कानून विपरित गरेका काममा महालेखाले प्रश्न गरेको हो ।

राक्सिराङ गाउँपालिकाले ३९ लाख ३७ हजार ६६९ रुपैयाँ बराबरको सामान टेण्डर मार्फत खरिद गर्नु पर्नेमा उपभोक्ता समिति मार्फत खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । सामान खरिद गर्दा गाउँपालिका आफैले कानूनी प्रक्रिया पुरा गरेर खरिद गर्नुपर्नेमा उपभोक्ता समिति मार्फत बिभीन्न कम्पनि मार्फत गरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

महालेखाको प्रतिवेदन यस्तो छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देब चन्द्र गर्तौलाले भने गाउँपालिकाको अधिकांस काम उपभोक्ता समितिबाट हुने र यो काम पनि उपभोक्ता समितिबाट भएको जानकारी दिनुभयो । अरु काममा उपभोक्ता आफैले गर्ने काम धेरै हुने र यो काममा खरिद गर्नुपर्ने धेरै काम भएकाले महालेखाले औल्याएको उहाँले बताउनुभयो ।

राक्सिराङ गाउँपालिकाले डिजिटल प्रोफाइल तयार गर्ने काममा पनि महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ । डिजिटल प्रोफाइल तयार गर्ने भनेर १९ लाख रुपैयाँ भुक्तानी गरेकोमा त्यस अनुसार काम भए नभएको एकिन नभएको जनाएको छ ।

महालेखाको प्रतिवेदन यस्तो छ ।

गाउँपालिकाले यतीका धेरै रकम खर्च गरेर खरिद गरेको डिजिटल प्रोफाइल अझै पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । कुनै कम्पनिलाई १९ लाख रुपैयाँ पैसा दिनकै लागि खरिद गरिएको डिजिटल प्रोफाइल हाल सम्म पनि प्रयोगमा आउन नसकेको हो । गाउँपालिकाले तयार गरेको डिजिटल प्रोफाइल हाल सम्म पनि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन नसकिएको प्रमुख प्रशासकिय अधिकृत गर्तौलाले स्वीकार गर्नुभयो ।

यसैगरी राक्सिराङ गाउँपालिकाले चर्च, मन्दिर, गुम्बाहरु निर्माण गर्दा सार्बजनिक जग्गामा निर्माणका लागि लगानी गर्नु भन्दा पनि ब्यक्तिका जग्गामा लगानी गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न गरेको छ । चर्च, मन्दिर, गुम्बा निर्माणको काममा एक करोड ७४ लाख रुपैयाँ खर्च गर्दा सार्बजनिक जग्गाको सट्टा व्यक्तिका जग्गामा निर्माण गरेको भन्दै महालेखाले प्रश्न गरेको हो ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

ब्यक्तिका जग्गामा मठमन्दिर, चर्च, गुम्बाहरु निर्माण भएको र अहिले भने सार्वजनिककरण गर्ने काममा लागिएको गर्तौलाले बताउनुभयो ।

यसैगरी जिमको खरिद गर्दा पनि उपभोक्ता समिति मार्फत खरिद गरिएको पाइएको छ । जिमका लागि ९ लाख ६० हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा उपभोक्ता समितिलाई जिम्मा दिइएको र उपभोक्ता समितिले फेरी एक कम्पनि मार्फत खरिद गरिएको पाइएको हो । जिमका सामानहरु उपभोक्ता समिति मार्फत खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत गर्तौलाले स्वीकार गर्नु भएको छ ।

यस्तो छ महालेखाको प्रतिवेदन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*