संघीय स्वास्थ्य मन्त्री बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशीद्वारा हेटौंडा अस्पतालको अनुगमन

जनपत्र
२५ जेष्ठ २०८०, बिहीबार १५:२७

हेटौंडा । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीद्वारा हेटौंडा अस्पतालको अनुगमन गर्नु भएको छ । संघ र प्रदेशका दुबैजना मन्त्रीहरुले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको अनुगमन गर्नु भएको हो । अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरुको अवस्था, अस्पतालको फार्मेशी लगायतका स्थानको दुबै जना मन्त्रीहरुले अनुगमन गर्नु भएको हो ।

हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्बसाधरणहरुलाई उपचारमा परेको समस्याका बिषयमा दुबै जना मन्त्रीहरुले जानकारी लिनुभयो । अस्पतालमा उपचार गरिरहेका सर्बसाधरणका समस्या, गुनासाहरु सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो । देशैभरी स्वास्थ्यकर्मीहरुको समस्या बढेको भन्दे हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले बताउनुभयो ।

गरिब परिवारका लागि १० प्रतिशत बेढ निशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि उहाँले निर्देशन दिनु भएको छ । अहिलै पनि स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भन्नुभयो–‘पहुँचका आधारमा कर्मचारीहरु खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्नेत कोही अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैनौं ।’ हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा बेढमा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनी व्याबस्थापन समिति मार्फत भने अरु १५० बेढ थप गरेर सञ्चालन गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*