हेटौंडाको नागश्वतीका किसाले दूध उत्पादन बढाउन गोठ सुधार गरेर गाई थपे

जनपत्र
२५ जेष्ठ २०८०, बिहीबार ०७:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागश्वतीकी मिरा गौतमले पहिलेको परमपरागत गोठसंगै अहिले नयाँ सुधारिएको गोठ निर्माण गर्नु भएको छ । परमपरागत गोठका कारण उन्नतजातका दूधालु गाइ पालन गर्न समस्या हुने भएपछी उहाँले पहिले गोठ सुधारको काम गर्नु भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार नजिकै भएर पनि धेरैले गाइ पालन गर्न रुचाउँदैनन् । कहाँबाट घाँस ल्याउने, कहाबाट पराल ल्याउने, दाना, ढुटो, चोकरको चर्को मुल्यको त्यतीकै समस्याका कारण शहर बजारमा त्यती धेरैले पशुपालनमा रुचि देखाउँदैनन् । तर, उहाँले गाइ पालनलाई प्राथमिकता दिएर आवस्यक्ता अनुसार आफ्ना गोठलाई पनि सुधार गर्दै लैजानु भएको छ ।

पहिलेको तुलनामा अहिले पाँच वटा गाइ समेत थप गर्नु भएको छ । लम्की लगायतका रोगका कारण अहिले किसानले निकै समस्या बेहोर्नु परेपनि गाइ पालनमा उहाँको लगाब उत्तिकै छ । उहाँलाई गाइ पालनमा सघाउने श्रीमान पनि हुनुहुन्छ । घर नजिकै तरकारी खेती पनि गर्ने, गाई पालन पनि गरेर छोराछोरीलाई पढाउन थप सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।

होलिष्टिन जातका गाइको दैनिक ३० लिटर दूध नजिकैको वनदेवि दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा उहाँले बिक्री गर्दै आउनु भएको छ । सुधारिएको आधुनिक गोठ निर्माण, गाइ खरिद, घाँस काट्ने मेसिन खरिद गर्नका लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाले वनदेवि दुग्ध उत्पादक सहकारी संस्था मार्फत अनुदान रकम पनि उपलब्ध गराएको थियो । त्यस अनुदानबाट निकै सजिलो भएको उहाँ बताउनुहुन्छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागश्वतीकी मैया थापाले पनि अहिले गाइ पालनलाई निकै जोड दिनु भएको छ । शहर नजिकै भएपनि आफ्नै पौरखको कमाइ गरेर घर खर्च चलाउनुपर्छ भन्ने मान्यता राख्ने मिरालाई अहिले एउटै चिन्ता छ त्यो हो गाइ बिरामी परेर दूध उत्पादन घट्यो ।

पाँच वटा गाइलाई चाहिने स्यार सुसार गरिरहनु भएकै छ । तर, लम्कीस्कीन रोगका कारण गाइ बिरामी परेर थप समस्या बेहोर्नु परेको उहाँ बताउनुहुन्छ । पहिलेको तुलनामा गाइ बिरामी भएपछी दूध पनि घटेर १७ लिटरमा झरेको उहाँ बताउनुहुन्छ । उहाँले पनि पहिलेको परमपरागत गोठमा थप अर्को गोठ निर्माण गर्नु भएको छ । व्याबसायीक रुपमा गाइ पालन गरेर दूध उत्पादनलाई बृद्धी गर्ने उदेस्यले गोठ सुधारको कामसंगै उन्नत जातका गाइहरु पनि खरिद गर्नुभयो ।

नागश्वतीमा गाइलाई खुवाउने घाँसको चिन्ता त छ अझै पनि त्यो संगै पराल, दाना खरिद गरेर गाइ पालन गर्ने चुनौतीलाई पार गर्दै गोठ सुधार गरेर गाइ पालनमा जुटेकी मैयालाई गाइ बिरामी भएपछीको चिन्ताले दिनदिनै सताउने गरेको छ । गोठ सुधारमा लगानी र उन्नत जातका गाइ खरिद गरेर पालन गर्न सुरु गदै गर्दा रोग पनि थपिएपछी दूध उत्पादन गर्ने लक्षलाई केही असर गरेपनि हरेस भने नखाएको उहाँ बताउनुहुन्छ ।

उहाँलाई पनि सुधारिएको आधुनिक गोठ निर्माण, गाइ खरिद, घाँस काट्ने मेसिन खरिद गर्नका लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाले वनदेवि दुग्ध उत्पादक सहकारी संस्था मार्फत अनुदान रकम पनि उपलब्ध गराएको थियो । यो अनुदानमा आफुले पनि रकम थप गरेर गोठ निर्माण गर्ने र गाइ खरिद गर्ने काम गर्नुभयो ।

मैया र मिराले जसरीनै यस क्षेत्रका २५ जना किसानहरुले पहिलेको गोठलाई छोडेर नयाँ आधुनीक गोठ निर्माण गरे । २५ परिवार किसानले ५ वटाका दरले १२५ वटा उन्नत जातका गाइ पनि खरिद गरेर आफ्ना गोठमा भित्रयाएका छन् । गोठ सुधार र गाई खरिद, घाँस काट्ने मेसिन खरिदका लागि भनेर विकेन्द्रिकृत आयोजना सहयोग इकाइले सहकारी मार्फत सहयोग गरेको वनदेवि दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष बिजय बस्नेत बताउनुहुन्छ ।

किसानले पहिले गर्दै आएको पशुपालनलाई सुधार गर्दै आधुनिक गोठ निर्माण संगै गाइ खरिद लगायतका कामका लागि भनेर सहकारी र किसानका लागि एक करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइ हेटौंडाका प्रमुख डाक्टर बिदुर प्रसाद गौतम बताउनुहुन्छ ।

किसानका लागि गाइ खरिद, आधुनिक गोठ निर्माण मात्र नभएर वनदेवि दुग्ध उत्पादक सहकारी संस्थाका लागि पनि किसानको दूध चिस्याएर बिक्री गर्न सहज होस भन्ने उदेस्यले चिस्यान केन्द्र निर्माणमा सहयोग गरिएको उहाँ बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७८–०७९ मा संझौता गरेर चालु आर्थिक वर्षमा काम सम्पन्न गरिएको हो । यहाँका किसानलाई २५ वटा घाँस काट्ने मेसिन पनि सहयोग गरिएको छ । पहिले नौ सय लिटर दूध बिक्री गर्दै आएका यहाँका किसानले अहिले भने एक हजार ३ सय लिटर दूध बिक्री गर्दै आएका छन् ।

बैक, इकाइ, सहकारी र किसान समेतको लगानीमा दूध चिस्याउने शिलिङ सेन्टर, २५ जना किसानका लागि गाइ खरिद, गोठ सुधार लगायतका क्षेत्रमा काम गरिएको सहकारीका अध्यक्ष बिजय बस्नेत बताउनुहुन्छ ।

आधा आधा लगानीमा पशुपालन र सहकारीका लागि लगानी भएकाले यस क्षेत्रमा थप हौसला मिलेको उहाँ बताउनुहुन्छ । इकाइ संगको सहकार्यमा सहकारी र किसान समेतले गाइको दूध दुने मेसिन १८ वटा, सहकारीका लागि जेनेरेटर एउटा, गोबर फाल्ने गाढा २५ वटा खरिद गरेर काम गरिरहेको बस्नेतले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*