पानी कसरी पिउनुपर्छ ? थोरै पिउँदा के हुन्छ र धेरै पिउँदा के हुनसक्छ ?

जनपत्र
२३ जेष्ठ २०८०, मंगलवार १९:५०

सबै मानिसलाई पानीको उत्तिकै आवस्यक्ता पर्छ । पानी बिना मानिस बाच्न पनि सक्दैन । पानी सफा र स्वच्छ पिउनु अहिलेको आवस्यक्ता हो । पानीकै कारण धेरै किसीमका रोगहरु पनि लाग्छ । अहिलेयो यो सुख्खा याममा त पानीको अभाब भएका घटनाहरु पनि धेरै छन् ।

पानी बढी भएका स्थानमा हिउँदे बाली पनि किसानले लगाएका छन् । पानी रंग विहीन कुनै स्वाद नभएको प्राकृतिक र सुलव बस्तु हो । मानव शरीरलाई खाना जस्तै पानी पनि आवश्यक छ ।

पानी पिउन सामान्य दैनिकी भएतापनि शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विकार तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।

पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् । शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।

प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।
धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ ।

ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ ।

पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ । पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ ।

पानी कम हुँदा छालामा असर पर्छ । छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । रगतको मात्रामा कमी, कमजोर पाचनतन्त्र, शरीरको तापक्रम बढ्ने, महत्वपूर्ण संवेदनशील अङ्गमा असर पर्ने आदि समस्या हुन्छ ।

लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । ठीक समयमा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ । पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ । पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ । शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।

हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने÷घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।शरीरमा पानीको कमी भयो भने पेटको अल्सर हुन्छ । हामीले पिउने पानीको मात्राअनुसार रक्तचाप बढ्ने र घट्ने हुन्छ । शरीरमा पानीको अभाव हुँदा रक्तचापको मात्रा घट्ने चिकित्सक बताउँछन् । शरीरमा पानीको अभाव भयो भने मुटुको चाल असामान्य बनाउन सक्छ । पानीको अभावले हाम्रो शरीरमा पाचन प्रक्रिया असहज बनाउँछ । हामीले खाएको खानेकुरालाई पानीले नै आन्द्रासम्म पुर्याउँछ । र, पाचन प्रणालीलाई सफा बनाउन पनि महत्वपूर्ण काम गरेको हुन्छ ।

खाली पेटमा स्पानी पिउने वा अमृतपान जसमा उषाको अर्थ बिहान र पानको अर्थ सेवन गर्नु भन्ने हुन्छ । अर्थात् बिहानै मुख कुल्ला नगरी पिउनु भन्ने हुन्छ । हाम्रो आमाशयको क्षमता ६०० मिलीलिटर हुन्छ । आमाशयको क्षमता डबल बनाउँदा सवा १ लिटर हुन्छ अर्थात बिहान ३–४ गिलास पानी बच्चाले दुई गिलास मनतातो वा चिसो पिउनुलाई उषापान भनिन्छ । बिहान उठ्नेबित्तिकै खाली पेटमा मुख कुल्ला नगरी मुखमा भएको र्यालसहित निल्ने गरी पानी पिउने गर्नुपर्छ, यसले मानिसलाई बल, स्वास्थ्य, आरोज्ञ, शीतलता प्रदान गर्छ । पचेको मल र मृत तन्तुलाई समेत बाहिर पठाइदिन्छ ।

उषापान स्वस्थ्य जीवनको प्रमुख आधार हो, जसले शरीरका प्रायः सम्पूर्ण रोग निर्मुल पार्ने काम गर्छ । रगतको गाढापन कम गरी हृदयघातलाई न्यून गर्छ । यसले आमाशय तथा आन्द्राको भित्तामा रहने म्युकस तथा डेडसेल समेत बाहिर निकाल्छ ।

दुब्लो पातलो मानिसको सरीरमा मोटो मानिसमा भन्दा पानीको मात्रा बढि हुन्छ । यसको मुख्य कारण के हो भने बोसोको तुलनामा मांशपेशीमा पानी संचय गर्ने क्षमता बढि हुन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने मोटोपनाबाट ग्रसित मानिसको सरीरमा पानीको हाहाकार हुने हुनाले विभिन्न खाले रक्तविकार तथा अन्य रोगको जोखिम बढ्छ ।

दिनभर स्वास प्रस्वासमा झण्डै २(३ कप पानी खर्च हुन्छ । पसिना तथा पिसाबको रुपमा निस्कने पानीले सरीरमा रहेका हानिकारक तत्वहरुलाई बाहिर निकाल्ने काम गर्छ । सरीरमा १० प्रतिशत तरल पदार्थ कम हुने हो भने पनि डिहाइड्रेसनको खतरा उत्पन्न हुन्छ । त्यसैले मृगौलाको स्वास्थ्यका लागि समेत पानी पिइरहनु पर्दछ ।

सरीरमा पानी कम हुनाले टाउको दुख्ने, मांशपेशीमा कमजोरी उत्पन्न हुने, थकान, स्मरण शक्तिमा ह्रास जस्ता समस्या उत्पन्न हुन्छन् ।

पर्याप्त पानी पिउनाले सरीरको छाला चम्किलो हुने, अनुहार उज्यालो हुनका साथै चाउरीपन समेत कम गर्छ । विज्ञहरुका अनुसार पानी छालाको लागि प्राकृतिक पोषक हो । खाना खानुभन्दा ३० मिनेट पहिले २ गिलास पानी पिउनाले पाचन शक्ति बढ्दछ । बिहान उठेसँगै १ गिलास पानी पिएर मात्र अन्य भोजन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

सुत्नुभन्दा पहिले पानी पिउनु मुटुका लागि लाभदायी हुन्छ । नुहाएपछि पानी पिउने बानीले रक्तचाप कम हुने जोखिमबाट बचाउन मद्दत गर्दछ । पर्याप्त पानी पिउनाले सरीरबाट हानिकारक तत्वको निष्कासन सहज हुन्छ, जसका कारण पत्थरी जस्ता समस्या दूर हुन्छन् ।

भोजनलाई पचाउनका लागि पेटमा इन्जाइम तथा अम्ल समेतको उत्पादन हुन्छ । यस्तो अम्ललाई निस्कृय बनाउनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यदि पानी कम पिउने हो भने त्यसले ग्यास्ट्रिक, अपच जस्ता समस्या निम्ताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*