त्रिशूली बस दुर्घटना: ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे, सनाखत हुन बाँकी

जनपत्र
२४ श्रावण २०७६, शुक्रबार ०६:४६

धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १४ पुगेकाे छ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र सनाखत हुन बाँकी रहेकाे छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।

बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् ।

सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

उज्यालोका लागि सिताराम अधिकारीले लेख्नुभएको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*