कमाने र कुख्रेनीमा पर्याप्त पानी वितरण गर्न साढे दुइ करोड लगानीमा ११ किलोमिटर पाइप विस्तार गरिदै

जनपत्र
१९ जेष्ठ २०८०, शुक्रबार ०६:१४

हेटौंडा । हेटौंडाको कमाने क्षेत्र र कुख्रेनी क्षेत्रमा पहिलेको तुलनामा अहिले पछील्लो समयमा बस्ती बढीरहेको छ । बस्ती बढेकै कारण वषौ अघिदेखि वितरण हुँदे आएको पानीमा कमि आएको छ । उपभोक्ताहरुले पर्याप्त पानी पाउन नसकेको गुनासो पनि गर्दै आएका छन् । यो हिउँदयाममा पानी झनै कमि हुँदा थप समस्या सृजना भएको उपभोक्ताहरु वताउँछन् । उपभोक्ताहरुको पानीको समस्यालाई टार्दै पर्याप्त पानी वितरण गर्ने उदेस्यका साथ थप पाइप लाइन विस्तारको काम सुरु गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७, ८, ९ र १५ नम्बर वडाका केही टोलहरुमा खानेपानी पर्याप्त बितरण गर्नका लागि पाइप विस्तारको काम चलिरहेको छ । खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको ७० प्रतिशत लगानी र हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको ३० प्रतिशत लगानीमा पाइप विस्तारको काम चलिरहेको छ ।

कुल २ करोड ६२ लाख ५ हजार रुपैयाँ लागतमा पाइप लाइन विस्तारको काम गर्न सुरु गरिएको र यो आर्थिक वर्षमानै काम सक्नेगरी निरन्तर रुपमा फिल्डमा काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका प्रमुख सन्तोष कुमार श्रेष्ठले बताउनुभयो ।


ठेक्का मार्फत टप कन्ट्रक्सन चन्द्रागिरी कम्पनिले पाइपलाईनका लागि खनेर यसको विस्तारको काम गरिरहेको छ । सहलगानीको अवधारणा अनुसार काम भइरहेको हो । पहिले भइरहेको पाइप सानो भएको र पानी थोरै मात्र बितरण गर्न सकिने भएपछी पाइप लाइन बिस्तारको काम भइरहेको श्रेष्ठले बताउनुभयो ।

कमाने र कुख्रेनी क्षेत्रमा घर परिवार संगै जनसख्या पनि बृद्धी भएको छ । चार वटा वडाहरु छुनेगरी ११ दशमलब ६५ किलोमिटर क्षेत्रमा पाइप लाइन विस्तारको काम गर्न लागिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर महेश शर्माले बताउनुभयो ।

यतीका धेरै लामो पाइप विस्तारको काममा ९० देखि २ सय ५० एम एम सम्मको मोटाइको पाइप लाइन मार्फत पानी वितरण गर्ने लक्ष राखिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको असार महिना सम्ममा काम सक्ने लक्षका साथ दु्रतगतिमा काम भइरहेको छ । अहिलेको नयाँ संरचना तयार गरेर भन्दा पनि पुरानो पानी वितरणको सिस्टमलाई नै पानी थप हुनेगरी मोटाइको पाइप मार्फत वितरण गर्न लागिएको हो ।

यस क्षेत्रमा पानीको श्रोत पर्याप्त भएको तर, भइरहेको जनसख्यालाई पानी अपुग भएपछी दुइ वटा कार्यालयको सहलगानीमा काम गरिएको खानेपानी डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । यो पानीको योजना सम्पन्न हुँदा कमानेका १५ सय परिवार र कुख्रेनीका ६ सय परिवार लाभान्वीत हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*