हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार

जनपत्र
२३ श्रावण २०७६, बिहीबार ०९:००

मकवानपुर। विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ सम्पन्न भएको छ । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिइएको थियो । चरित्रवान् व्यक्ति नै असल परिवार, समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएको निश्कर्ष निकाल्दै यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइएको छ । उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजक सुवास लामाले त्यस्ता कुराहरुलाई रोक्नु मात्र नभई युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता भएको बताए । त्यसको जिम्मेवारी बोध गरेर यो कार्यक्रम संचालन गरिएको लामाले बताए । तीन दिन सम्म भएको कार्यक्रममा ३० जना युवायुवतीहरुको सहभागिता रहेको थियो ।

सेमिनारमा संघका हेटौंडा संयोजक सुवास लामा, विरगंज शाखा संयोजक हरि बहादुर लोप्चन, चन्द्र बहादुर सुनार, राजु घलान, एक्का बहादुर घिसिङ्ग र जीवन घलानले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई बुधबार नै समापन कार्यक्रमको आयोजना गरी प्रमाणपत्र समेत वितरण गरिएको छ । तालिममा सहभागी भएका सहभागीहरुले तालिमबाट आफूहरुले सोच्दै नसोचेको जीवनोपयोगी ज्ञान सिकेको बताए ।

यस अभियानले युुवाहरुमा देखिएको भौतिक विलासिता र धार्मिकतालाई लत्याएको अवस्थामा युुवा अन्तस्करणमा पुग्न गएका असरलाई मध्यनजर गर्दै नैतिक एवं वैचारिक विचलनमा सुधार ल्याउने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रमहरु अन्तर्गत सेमिनार तथा गोष्ठीहरु देशव्यापीरुपमा संचालन गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*