सूचना प्रविधिमा विदेशी लगानीको न्‍यूनतम सीमा हट्ने

जनपत्र
१५ जेष्ठ २०८०, सोमबार १७:४४

काठमाडौं । सरकारले सूचना प्रविधिमा वैदेशीक लगानीको न्यूनतम सीमा हटाएको छ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक लगानीको न्‍यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताए ।

यस्तै सूचना प्रविधिमा वैदेशिक लगानीको नयूनतम सीमा हटाउने बताएका हुन्। सूचना प्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने उनले बताए ।

यस्तै प्रचलित कानुन अनुसार अनुमति लिनुपर्ने उद्योग बाहेक विदेशी लगानी खुला गरिएका उद्योगमा लगानी भित्र्याउन स्वाचालित प्रक्रियाबाट स्वीकृति दिने उनले बताए। विदेशी लगानीबाट आर्जित आय पुन: लगानीमा स्वीकृत नचाहिने व्यवस्था गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*