कृषि र पशुपक्षीको क्षेत्रमा ५९ अर्ब रुपैयाँ बजेट, उत्पादनका आधारमा मात्रै अनुदान दिइने

जनपत्र
१५ जेष्ठ २०८०, सोमबार १७:२९

काठमाण्डाै – सरकारले कृषि क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गर्नुभएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले ल्याएका कार्यक्रमबाट आउँदाे वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।

चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आउँदाे वर्ष यसको आकार तीन अर्बले बढेर ५८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*