रासायनिक मलमा दोब्बर बजेट

जनपत्र
१५ जेष्ठ २०८०, सोमबार १७:१६

काठमाडौं । सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।

रासायनिक मललाई चार वर्षको बजेट

  • आव ०७७/७८–११ अर्ब
  • आव ०७८/७९– १२ अर्ब
  • आव ०७९/८०– १५ अर्ब
  • आव ०८०/८१– ३० अर्ब

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*