हेटौंडाको शहिद स्मारकमा पानीको फोहोरामा रमाउँदै पर्यटक र नवलपुर क्षेत्रमा पानीको अभाब हट्यो, ६ करोड लागतमा पानीका पूर्वाधार निर्माण

जनपत्र
१५ जेष्ठ २०८०, सोमबार ०७:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा रहेको शहिद स्मारकमा पानीको फोहोरामा रमाउने र फोटो खिच्नेहरुको निकै चहलपहल छ । स्मारकका धेरै वटा सौन्दर्य क्षेत्र मध्य यहाँको पानीको फोहोरामा फोटो नखिचिकन यहाँ घुम्न आएका पर्यटकहरु जानै मान्दैनन् । बिशेषगरी हिउँदयाममा र बिदाको दिनमा यहाँको पानीको फोहोरामा हेर्ने र तस्बिर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नेहरु पनि उत्तिकै छन् ।

शहिद स्मारक घुम्नका लागि बिरगन्जबाट आएका मुकेश साह फोहोरा निकै राम्रो लागेकाले फोटो खिचेको र सामाजिक सञ्जालमा पोष्ट गर्ने बताउनुहुन्छ । उहाँ मात्र होइन यहाँ उपहासंगै घुम्न आएका पर्यटकहरु पनि पानीको फोहोरामा फोटो खिच्नका लागि तछाड मछाड गरिरहेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाले बषौदेखि गरेको लगानीका कारण शहिद स्मारक क्षेत्र र आसपासको क्षेत्रमा पानीको कुनै समस्या त छैननै । पर्याप्त पानीका कारण पर्यटकलाई आकर्षण गर्ने माध्यम समेत बनेको छ ।

बिगत १५ वर्ष भन्दा अगाडी देखि सहित स्मारक जिम्माडाँडा खानेपानी आयोजना निर्माणको काम सुरु भएको हो । यस खानेपानी योजनाका कारण यस क्षेत्रका ८ सय परिवारलाई पानी खुवाइएको छ भने स्मारकमा पौडी खेल्नका लागि समेत यही पानीको प्रयोग गरिएको छ ।

नेपालकै ठुला पर्यटकिय क्षेत्र मध्यमा एक हो शहिद स्मारक । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बषौ देखि यस आयोजनाका लागि लगानी गर्दै आएको छ । यहाँ पानी खुवाउनका लागि र अन्य प्रयोगका लागि पुण्यक्षेत्रबाट पानी ल्याइएको सहित स्मारक जिम्माडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष लालरत्न प्याकुरेल बताउनुहुन्छ ।

शहिद स्मारकमानै वषौ देखिको जस्ताले छाएको ट्याङ्कीमा मुसा मर्ने, फोहोरहरु जम्मा हुने भएपछी अण्डरग्राउन्ड रहेको पानी टंकीलाई माथीबाट ढलान गरेर पानीलाई सफा बनाउनका लागि थप सहयोग पुर्याइएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका इन्जिनियर हरिराम पौडेल बताउनुहुन्छ ।

वषौ देखि जिर्ण रहेको पानी टंकीलाई पुन निर्माण गरेपछी अहिले त्यस टंकी माथी पनि स्मारक बिकास समितिले पर्यटकलाई आकर्षण गराउनका लागि सजाउने काम गरेको छ । यहाँ भित्र छिर्न पाइदैन । तर, पनि अली वरै बसेर फोटो र भिडियो लिने पर्यटकहरु पनि उत्तिकै रहेका छन् ।

बषौ अगाडी देखि खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ को कार्यालयले गरेको लगानीको सार्थकता समेत भएको छ । यहाँ ८ लाख लिटर क्षमताको तीन वटा पानी टंकी निर्माण गरिएको छ ।

यहाँ पानी संकलन गरेर नवलपुर, शहिद स्मारक, तल्लो धाप लगायतका क्षेत्रमा पानी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्याकुरेल बताउनुहुन्छ । अहिले सम्म यस क्षेत्रमा पानी खुवाउनका लागि खानेपान डिभिजन कार्यालयले ६ करोड रुपैयाँ खर्च गरिसकेको छ । अब एक करोड रुपैयाँ लगानी भएमा सबै समस्या हल हुने उहाँ बताउनुहुन्छ ।

अहिले यस क्षेत्रका ८ सय परिवारका घरघरमा पानीका धारा छन् । पहिले पानी लिनका लागि टाढा जानुपर्ने समस्या भोग्नुपरेको गुनासो पोख्दै नवलपुरकी जमुना सापकोटा भन्नुहुन्छ–‘हामिले पानीका लागि धेरैनै समस्या बेहोरयौ अब त पानीका लागि कुनै पनि समस्या छैन । घरघरमा धारा छ । पर्याप्त पानी पाएका छौं ।’

शहिद स्मारकलाई पानी पुर्याएर गाउँ क्षेत्रमा वितरण गरिएको छ । संघीय सरकारको कार्यक्रम अन्तरगत खानेपान डिभिजनले वषौ देखि काम गर्दै आइरहेको हो । मकवानपुर जिल्लाका ठुला योजना मध्यको यो एउटा योजना हो । तीन वटा पानी टंकीमा जम्मा गरिएको पानी वितरण गरिएपछी पानीका लागि भौतारीनुपर्ने समस्या पनि हटेको हो । यहाँ पुण्यक्षेत्रबाट पानी ल्याइएको छ भने समवयलबाट पनि पानी ल्याइएको छ ।

पानीलाई व्यवस्थित रुपमा वितरण गर्नका लागि कर्मचारी राखिएको छ । मासिक रुपमा डिजिटल रुपमा पानीको बिलिङ गर्ने गरिएको छ । आफ्नै कार्यालय भवन निर्माण पनि गरिएको छ । मुख्य पानीको श्रोत भनेको डिप बोरिङ र समवेयल निर्माणनै रहेको स्थानीय उपभोक्ताहरु वताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*