बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक, के–के भए पनिर्णय ?

जनपत्र
१४ जेष्ठ २०८०, आईतवार १७:१४

हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज बसेको छ । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । आजको बैठकले ५ वटा प्रहरी इकाई भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ । बैठकले ६ करोड १५ लाख ५६ हजार रुपैयाँ अख्तियारी दिने निर्णय गरेको हो ।

प्रहरी चौकी रत्ननगर(६ सौराहा, ९७ लाख ३३ हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला ब्यारेक भवन ८४ लाख २२ हजार, प्रहरी चौकी खाङसाङ फिक्कल ४ सिन्धुली १ करोड ३ लाख ३९ हजार, ड्ड जिल्ला ट्राफिक कार्यालय रामेछाप १ करोड ३२ लाख ६१ हजार, इलाका प्रहरी कार्यालय भवन मकवानपुरगढी १ करोड ९८ लाख १ हजार रुपैयाँ दिने निर्णय गरेो प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।

बैठकले स्थानीय बिपद कोषमा १ करोड रुपैया जम्म गर्ने निर्णय गरेको छ । यसैगरी प्राकृतिक बिपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णय गरेको छ । यसैगरी बिज्ञान प्रबिधि नवप्रवर्तन तथा बिकास कोष सन्चालन सम्बन्धि बिधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ । सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैया दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*