प्रदेशको नाम प्रदेश सरकारको विषय नै होइन : एमाले

जनपत्र
१४ जेष्ठ २०८०, आईतवार १३:२५

बिराटनगर । सत्तारुढ नेकपा एमालेले प्रदेशको नाम प्रदेश सरकारको विषय नै नभएको बताएको छ ।

कोशी प्रदेश संसदीय दलको बैठकले आन्दोलनरत पक्ष संवैधानिक कुरा मान्छौं भनेर आए वार्तामा बस्न सकिने बताएको छ । एमाले प्रमुख सचेतक रेवतीमरण भण्डारीले भने, ‘प्रदेशसभाले संवैधानिक र कानुनी प्रक्रिया अवलम्बन गरेर गरेको विषयमा हेरफेर वा परिर्वतन संवैधानिक र कानुनी हिसाबले मात्र सम्भव हुन्छ ।’

प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदेशमा निन्तर आन्दोलन भइरहेको छ । आइतबार पनि आन्दोलनको क्रममा १७ जना पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*