हेटौंडामा मात्र डेंगुका ६२ जना बिरामी, नियन्त्रणको प्रयास हुँदै

जनपत्र
२२ श्रावण २०७६, बुधबार १७:५०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र मात्र ६२ जना डेंगूका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन १ गते देखि आज साउन २२ गते सम्ममा डेंगूका बिरामी ६२ जना फेला पारिएको हो । बिरामी मध्यमा ३० जना सरकारी अस्पतालमा र अरु बाँकी निजी अस्पताल र क्लनीकमा उपचारको क्रममा देखा परेका हुन् ।

डेंगूका बिरामी देखापरेपछी बिगत चार दिन देखिबाट जनचेतना जगाउँदै डेंगूको संक्रमण हुने स्थानको नष्ट गर्ने काम गरिएको हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहाँनगरपालिकाबाट माईकिङ गर्ने, लामखुट्टेको वास स्थान नष्ट गर्ने, टोल टोलमा यसका बारेमा जनचेतना जगाउने, बिद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम गरिएको उपमहानगरपालिका स्वास्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । बिशेषगरी हेटौंडाको वडानम्बर ४ क्षेत्रमा यसको संक्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोल टोलमा जमेका पानी हटाउने काम भईरहेको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाको आजको कार्यपालिकाको बैठकले प्रत्यक वडामा डेङ्गुको नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरिएको मेयर महतले बताउनुभयो । आजै टोल बिकास संस्था नगर समन्वय समिति संगको अन्तरक्रिया मार्फत पनि डेंगूको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको छ । हेटौंडामा देखापरेको डेंगूको नियन्त्रणका लागि प्रदेश सरकार संगको सहकार्यमा पनि काम भईरहेको कार्कीले बताउनुभयो ।

यस्ता छन् डेंगू रोगको लक्षण र बच्ने उपाय

डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । ससाना पानीको पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी हुने गर्छ ।

डेंगू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगू सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगू रोग क्लासिक डेंगू, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन् । क्लासिक डेंगू सामान्य प्रकारको डेंगू हो । यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगू हेमोरेजिक ज्वरो वा डेंगू साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंगू ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । –पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने ।
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने, यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ, घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*