मकवानपुरमा अवैध मदिरा नियन्त्रणमा कडाई

प्रशासनका नेतृत्वमा २९ पटक बजार अनुगमन
जनपत्र
२२ श्रावण २०७६, बुधबार १०:०६

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवापनुरले अवैध मदिरा उत्पादन तथा विक्री वितरणलाई नियन्त्रण गर्न अभियान चलाएको छ । अबैध मदिराका कारण अपराधका घटना बढेकाले यसको नियन्त्रणका लागि प्रशासन पूर्ण रुपमा लागेको हो । यसको नियन्त्रणका लागि सरोकारवाला निकायहरुको संलग्नतामा प्रभावकारी अनुगमन गरिएको र अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा संलग्नलाई कानूनबमोजिम कारवाहीको दायरामा ल्याइएको मकवापुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

ईजाजत पत्र लिई वैध मदिरा विक्री वितरण गर्ने पसल, डिपार्टमेन्टल स्टोर, होटल, रेष्टुरेन्टहरुले कानूनमा तोकिएको परिधीभित्र रही विक्री वितरण गरे नगरेको सम्बन्धमा अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर, आन्तरिक राजश्वक कार्यालय, मकवानपुर र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा अनुगमन गरिएको र कानून विपरित गरेकालाई तत्काल कारवाहीको दायरामा ल्याइएको थियो । बितेको आर्थिक वर्षको अवधिमा अनुगमनका कारण अबैध मदिरा बिक्रीको काम केही हद्सम्म न्यूनिकरण भएको छ ।

मकवानपुर प्रशासनको बजार अनुगमन

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बितेको आर्थिक वर्षमा नियमितरुपमा गरिदै आएको बजार अनुगमनलाई सरोकारवाला निकायहरुको सहभागितामा थप प्रभावकारी बनाउँदै नतिजामुखी तुल्याएको छ । उपभोक्ता जागरणरसचेतना कार्यक्रम तथा बजार अनुगमन सम्बन्धमा सरोकारवाला सबै पक्षहरुसँग छलफलरअन्तरक्रिया कार्यक्रम गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाइएको प्रजिअ तामाङले बताउनुभयो । बजार अनुगमनलाई प्रभावकारी बनाउन “संयुक्त बजार अनुगमन कार्ययोजना“ समेत तयार गरेर थप प्रभावकारी बनाइएको थियो । बितेको आर्थिक वर्षमा मात्र प्रशासनका नेतृत्वमा २९ पटक बजार अनुगमन गरिएको छ उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि आजैबाट बवार अनुगमन गर्ने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

बजार अनुगमनका क्रममा व्यवसाय सञ्चालकलाई अनुगमन टोलीद्वारा सुधारका निम्ति दिइएका निर्देशन तथा सुझावहरु पालना भए नभएको सम्बन्धमा समेत अनुगमन गरिएको थियो । व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा पुर्याउनुपर्ने रीतहरुका साथै कानून विपरित व्यवसाय सञ्चालन गर्दा हुने कारवाही सम्बन्धी जानकारी हेटौडा उपमहानगरपालिका मार्फत जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा सञ्चालित औषधी पसल, ल्याब, पोलिक्लिनिक र निजी अस्पतालहरुको नियमित अनुगमन गरिएको प्रजिअ तामाङले बताउनुभयो । दूध उत्पादन तथा विक्री वितरणमा गुणस्तर, मूल्य लगायतका पक्षहरुमा अध्ययन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रमुखकको संयोजकत्वमा समिति गठन गरी कार्य गरिएको छ । कार्यदलको प्रतिवेदन अनुसार डेरी उद्योगहरु, चिस्यान केन्द्रहरु तथा डेरी पसलहरुको दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्दे्शिका, २०७५ ले निर्दिष्ट गरे बमोजिम दूध तथा दुग्ध पदार्थको विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*