मकवानपुर र चितवनमा निर्माण भएका सार्वजनिक सौचालयबाट सरसफाइमा कस्तो पुग्दैछ सहयोग ?
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ न्युरेनीमा पहिले सार्बजनिक सौचालय थिएन । सार्वजनिक सौचालय नभएकै कारण दिसा, पिसाब गर्नका लागि व्यक्तिका घरमा, खोला, खोल्सा र जंगलमा जानुपर्ने बाध्यता थियो । तर, अहिले न्यरेनीको पशुपती मन्दिर परिषरमा सार्वजनिक सौचालय निर्माण भएर सञ्चालनमा आएको छ ।
मन्दिरको स्थापना कालदेखिनै सुबिधा सम्पन्न सौचालय नभएका कारण स्थानीयहरुले निकै समस्या बेहोरे । अहिले भने सार्वजनिक सौचालय निर्माण भएपछी भने सहज भएको स्थानीय कृष्ण घिमिरे बताउनुहुन्छ । सौचालयको समस्याका कारण मन्दिर आएका भक्तजनहरु जंगलमा समेत जानुपर्ने बाध्यता थियो । अहिले भने थप सहज भएको उहाँ बताउनुहुन्छ ।
खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको ३० लाख रुपैयाँ लागतमा यहाँको सौचालय निर्माण गरिएको हो । न्युरेनीमा फूलको बगैचा र पर्खाल समेत निर्माण गरी सौचालय निर्माण गर्नका लागि ३० लाख रुपैयाँ खर्च गरेर सौचालयको निर्माण सम्पन्न भएर अहिले भने सञ्चालनमा आएको छ । प्रदेश सरकारको सरसफाइको कार्यक्रम अन्तरगत यस क्षेत्रमा सौचालय निर्माण गरिएको हो । यो सौचालय निर्माण भएपछी वरपर दिसा, पिसाबको दुर्घन्ध नहुने र सफाइमा सहयोग पुगेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पिप्ले क्याम्पाडाँको खेल मैदानलाई लक्षित गरेर डिभिजन कार्यालयले सार्बजनिक सौचालय निर्माण गरेको छ । यो सौचालय निर्माण भएपछी वरपरका स्थानीय वासिन्दाहरुलाई मात्र होइन यहाँ खेल खेल्न आउने खेलाडी, आयोजक र दर्शकहरु सबैलाई निकै सहज भएको स्थानीय प्रतक्षदर्शी स्वीकार फूयाल बताउनुहुन्छ ।
पहिले सार्वजनिक सौचालय नहुँदा धेरै खालका समस्या बेहोर्नुपरेको गुनासो गर्दै उहाँ भन्नुहुन्छ–‘सार्वजनिक सौचालय नहुँदा धेरै खालका समस्याहरु बेहोर्नुपर्यो । सडक, खेल मैदानमा समेत दिसा, पिसाब गर्नेहरु धेरैनै थिए । तर, अहिले सार्बजनिक सौचालय निर्माण भएपछी धेरैनै सहज भएको छ ।’
पीप्ले र न्युरेनीमा सौचालय निर्माण गरेपछी सार्बजनिक क्षेत्रमा फोहोर हुने समस्या समाधान भएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाका ओभरसियर राजन सापकोटा बताउनुहुन्छ ।

मकवानपुरको हेटौंडामा त सार्वजनिक सौचालयका कारण सरसफाइका काममा धेरैनै सहयोग पुगेको छ । यता चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२ देबघाटमा सुबिधा सम्पन्न सार्वजनिक सौचालय निर्माणको कामले देश बिदेशबाट आउने भक्तजनका लागि निकै सजिलो भएको स्थानीय वासिन्दाहरु बताउँछन् ।
करिब एक करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भएको सौचालयका कारण देबघाटमा आएकाहरुले यसको सुबिधा लिइरहेका छन् । उनीहरु मात्र होइन यहाँका धार्मिक गुरुहरुले यसको सबै सरसफाइ गर्ने, पानीको व्यावस्था मिलाउने लगायतका काम पनि गर्दै आएका छन् । यस क्षेत्रको खानेपानी उपभोक्ता समितिले सञ्चालन गरेको सार्वजनिक सौचालयमा एकै पटक १० जना पुरुष र ६ जना महिलाले दिसा पिसाब गर्न मिल्ने छ ।

सुबिधा सम्पन्न सौचालय निर्माणपछी अहिले थप सहज भएको बताउँदै खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको सम्पर्क कार्यालय चितवनका इन्जिनियर हरिराम पौडेल भन्नुहुन्छ–‘यो सौचालय नपालकै नमुना सौचालय हो । यसमा पाँच तला सम्म निर्माण गर्न मिल्नेगरी स्टमेट गरिएको छ । सरसफाइ पेटिका छ तर स्वइच्छाले मात्र सहयोग गरिने छ । अनिवार्य रुपमा रकम बुझाएमा मात्र दिसा, पिसाब गर्ने भन्ने होइन ।’
यसैगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२ आँपटारीमा पनि सार्बजनिक सौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । पूर्व पस्चिम राजमार्ग अन्तरगत यस क्षेत्रमा निर्माण गरिएको सार्वजनिक सौचालयले निकै सहजता भएको बसका यात्रुहरु बताउँछन् । सौचालयकै कारण कुनैबेला दिसा पिसाब गर्ने बेलामा जंगलमा जानुपर्ने बाध्यता हटेको यात्रुहरुको भनाई छ ।

भर्खरै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको यस सुबिधा सम्पन्न सौचालयका कारण यात्रु, स्थानीय वासिन्दाहरु पनि खुसी भएका छन् । यस सौचालयमा एक पटकमा ६ जना पुरुष र ४ जना महिलाले दिसा, पिसाब गर्न मिल्छ । कुल ३५ लाख रुपैयाँ लागतमा सौचालय निर्माणको काम भएको हो । राजमार्गमा ओहोरर दोहोर गर्नेहरुरका लागि लक्षित गरेर सार्बजनिक सौचालय निर्माण गरिएको पौडेलले जानकारी दिनुभयो । यो सौचालय लायन्स क्लब अफ नारायणगढ बालकुमारीले भवन समेत बनाएर यो सौचालय सञ्चालनमा ल्याएको उहाँ बताउनुहुन्छ ।
यसैगरी चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको मुग्लीन बजारमा सार्बजनिक सौचालय निर्माणको काम भइरहेको छ । खानेपानी डिभिजन कार्यालयको ४० लाख रुपैयाँ लागतमा सार्बजनिक सौचालय निर्माणको काम भइरहेको हो । यात्रुहरुको ठुलो चापलाई ध्यानमा राखेर सार्बजनिक सौचालय निर्माण भएपछी स्थानीय मात्र होइन । सवारी साधनका यात्रुहरु, चालक, सहचालकहरु निकै खुसी समेत भएका छन् । यो सौचालय निर्माणको अन्तिम चरणमा पुगेको छ । अब असार महिना सम्ममा काम सकेर सञ्चालनमा ल्याउने तयारी भएको पौडेल बताउनुहुन्छ ।







